Fri, Sep 25, 2026
नेपाल स्टक एक्सचेञ्जको पुराना दुई वेबसाइटमा कारोबारको विवरण देखिएको छैन। कारोबार खुलेको १५ मिनेटसम्म पनि विवरण नदेखिएपछि लगानीकर्ता सूचना लिनबाट बञ्चित भएका छन्।
नेप्सेको नयाँ वेबसाइटमा भने कारोबारको विवरण देखिएको छ। सिस्टम चलिरहेको भए पनि डिस्प्लेमा केहि समस्या देखिएको नेप्सेले जनाएको छ। के समस्या देखिको हाल एकिन हुन नसकेको नेप्सेका सह प्रबक्ता आकृति डंगोलले बताइन्।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।