बुधबार सुनचाँदीको मूल्य स्थिर

Sep 16, 2020 11:23 AM Merolagani

भदौ ३१ गते, बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । महिनाको अन्तिम दिन आज छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बुधबार चाँदी पनि मंगलबारकै मूल्यमा खरिदबिक्री भइरहेको छ । यसदिन चाँदीको भाउ एक हजार ३४० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा भने बुधबार यस बजारमा सुन प्रति अउन्स एक हजार ९६२ डलर र चाँदी प्रति अउन्स २७ डलर भन्दा बढिमा किनबेच भइरहेको छ ।


comments powered by Disqus