आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

Sep 20, 2020 11:32 AM Merolagani



असोज ४ गते,आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भने अघिल्लो कारोबार दिन सुनचाँदीको मूल्य बढेको देखिन्छ । सो दिन सुन प्रति अउन्स एक हजार ९५० डलरमा र चाँदी प्रति अउन्स २६ डलरभन्दा बढिमा कारोबार भएको थियो । आइतबार भने अन्तरराष्ट्रिय सुनचाँदी बजार बन्द रहेको छ। 




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।