कोरोनाकाे भ्याक्सिन माइनस ८० डिग्रीमा राख्नु पर्ने,फुटबल मैदान जत्रै ठूलो स्टोरेज तयार

Sep 20, 2020 04:06 PM Merolagani

कोरोना भाइरस विरुद्ध लड्नका लागि विश्वभरमा १७० भ्याक्सिन माथि काम भइरहेको छ । तीमध्ये ३० वटा क्लिनिकल ट्रायलका क्रममा रहेका छन् । 

भ्याक्सिन सफल भइसकेपछि पनि त्यसलाई मानिसहरु समक्ष सुरक्षित साथ पुर्याउनु पनि चुनौती रहेको छ । त्यसैले कोभिड¬–१९ को भ्याक्सिनलाई माइनस ८० डिग्री सेल्सियस तापक्रममा स्टोर गरिनेछ,ताकि भ्याक्सिन सुरक्षित रहोस् ।

अनुसन्धानकर्ताहरुका अनुसार, यति चिसो तापक्रम केबल दक्षिणी ध्रुवको रहेको छ । यद्यपी स्टोरेज कम्पनीहरुको प्रयास रहेको छ कि,चाहे जस्तोसुकै भ्याक्सिन बनोस्, त्यसलाई मानिसहरु समक्ष सुरक्षित पुर्याइनेछ ।

हाल अमेरिकी फार्मा कम्पनीहरु मोडेर्ना र फाइजर, जर्मनी कम्पनीहरु बायोएनटेक र क्योरभेक म्यासेन्जर आरएनए आधारित भ्याक्सिनमाथि काम गरिरहेका छन् ।

फुटबल मैदानजति ठूलो स्टोरेज सुविधा तयार

अमेरिकी लजिस्टिक कम्पनी यूपीएसले नेदरल्याण्डमा फुटबल मैदान जति ठूलो स्टोरेज सुविधा तयार गरेको छ । त्यहाँ दुई मिटर अग्ला दर्जनौँ फ्रीजर राखिएको छ, जुन माइनस ८० डिग्री तापक्रममा राख्न सकिन्छ । कोभिड–१९ को भ्याक्सिन त्यहीँ राखिनेछ । भ्याक्सिन त्यहीँबाट मानिसहरु समक्ष पुर्याइनेछ ।

एउटा फ्रीजरमा भ्याक्सिनको ४८ हजार डोज राख्न सकिने

यूपीएस हेल्थ केयरका प्रमुख अनूक हेसेनका अनुसार, जर्मनी र अमेरिकामा यूपीएसको एयर कार्गाे नजिकै यस्तो सेन्टर बनाइरहेको छ । जहाँ करिब ६०० फ्रीजर राखिनेछ। त्यस्तो एउटा फ्रीजरमा भ्याक्सिनको ४८ हजार डोज राख्न सकिनेछ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।