एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने

Sep 20, 2020 01:24 PM Merolagani



एनआईसी एशिया बैंकका (NICA) संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गरिने भएको छ । विशाल ग्रुपका उपाध्यक्ष एवम् उद्योगी व्यवसायी समेत रहेका अध्यक्ष अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्या भण्डारीबाट विभूषित गरिने घोषणा गरिएको हो ।

अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा  राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै यस बैंकको अध्यक्षका साथै हाल विशाल ग्रुपका उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् । साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।

 

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।