एनआरएन लघुवित्तको बुकक्लोज

Sep 23, 2020 08:09 AM Merolagani



एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले असोज ११ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ। लघुवित्तले विशेष साधारण सभा प्रयोजनार्थ सो दिन बुकक्लोज गर्न लागेको हो।

लघुवित्तले असोज १८ गते, आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा विशेष साधारण सभा डाकेको छ।

सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ।

यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।