सञ्चालकबाट हटेकाे एक वर्ष नपुग्दै शेयर बेच्ने हिमालयन डिस्टिलरीका पूर्व सञ्चालक रहिशालाई कारवाही

Sep 23, 2020 05:25 PM Merolagani



हिमालयन डिष्टिलरीको पूर्व संचालक रहिशा शाह श्रेष्ठले सञ्चालकको पदबाट हटेको एक वर्ष नपुग्दै शेयर बेचेको भन्दै धितोपत्र बोर्डले कारवाही गरेको छ। 

बोर्डले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,२०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरी लि.को शेयर बिक्री गरेको तथा उक्त शेयर कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.ले रहिशा शाह श्रेष्ठको बारेमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) को व्यवस्था बमोजिमको पूर्ण विवरण सहितको अभिलेख नराखेको जनाएको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन,२०७६ को दफा ६ को उपदफा (२) तथा दफा १० बमोजिम ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सो को पूर्ण रुपमा पालना नगरेको तथा प्रणालीमा बिक्री आदेश प्रबिष्ट गर्नु अघि उक्त कारोवार धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम तथा निर्देशन बमोजिम गर्न मिल्ने नमिल्ने सम्बन्धमा आवश्यक सावधानी अपनाएको नदेखिएकोले बोर्डले कारवाही गर्ने निर्णय गरेको हो।

  • यस्तो छ बोर्डले गरेको कारवाही

१) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) मा धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पचास हजार देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवान गर्न सक्ने व्यवस्था भएकोमा रहिसा शाह श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ जरिवाना गर्ने ।

(२) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) मा कसैले धितोपत्र सम्बन्धी ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोवार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएकोमा धितोपत्र दलाल व्यवसायी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि.लाई एक लाख पचास हजार रुपैयाँ जरिवाना गर्ने ।

सूचिकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही रहेको छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनको प्रबलीकरणलाई सशक्त बनाउँदै लैजाने क्रममा गरिएका यस्ता कारबाहीबाट धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनीकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुले ऐन नियमको पालनातर्फ थप सजगता अपनाउने बोर्डको अपेक्षा रहेकोे छ ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।