श्रम क्षेत्रमा कोरोनाको असरः ९ महिनामा विश्वभरको आम्दानी ३५ खर्ब डलर घट्यो

Sep 25, 2020 06:25 PM Merolagani



कोरोना भाइरस महामारीका कारण यस वर्षको ९ महिनाको अवधिमा विश्वभरका श्रमिकहरुको आम्दानी उच्च रुपले घटेको छ । गत वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिको तुलनामा यस वर्षको सोही अवधिमा विश्वभरका श्रमिकहरुको आम्दानी अनुमानित १०.७ प्रतिशत वा ३५ खर्ब डलरले घटेको छ । 

उक्त तथ्यांकमा विभिन्न देशमा राहत प्याकेजस्वरुप दिइएको इनकम सपोर्टलाई शामिल गरिएको छैन, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले भनेको छ ।

आईएलओले श्रमको दुनियाँमा कोरोना भाइरस महामारीको असरलाई लिएर आफ्नो पछिल्लो अनुमानमा भनेको छ, महामारीका कारण कामको समयमा भारी नोक्सान भएका कारण पूरै विश्वमा श्रमिकहरुको आम्दानीमा भारी गिरावट आएको छ ।

आईएलओका अनुसार, यसको सबैभन्दा अधिक असर निम्न–मध्य आय भएका देशहरुमा देखिएको छ, जहाँ श्रमिकहरुको आम्दानीमा १५.१ प्रतिशतको गिरावट आएको छ । क्षेत्रका हिसाबले सबैभन्दा खराब असर अमेरिकी देशहरुमा परेको छ, जहाँ श्रमिकहरुको आम्दानी १२.१ प्रतिशतले घटेको छ ।

ग्लोबल वर्किङ टाइम लस पहिलेको अनुमानभन्दा कयौँ अधिक
विश्वभरमा कामको घण्टामा जति कमी आएको छ, त्यो पहिलेको अनुमानभन्दा अधिक रहेको बताइएको छ । डिसेम्बर त्रैमासको तुलनामा यस वर्षको जून त्रैमासमा ग्लोबल वर्किङ टाइमको नोक्सानको संशोधित अनुमान १७.३ प्रतिशत रहेको छ, जुन ४९ करोड ५० लाख पूर्ण रोजगारी बराबर रहेको छ । सेप्टेम्बर त्रैमासमा वर्किङ टाइम लस १२.१ प्रतिशत रहने अनुमान रहेको छ, जुन ३४ करोड ५० लाख पूर्ण रोजगारी बराबर रहेको छ ।

९४ प्रतिशत कामदार रहेको देशमा कुनै न कुनै प्रकारको प्रतिबन्ध
आईएलओका अनुसार, ९४ प्रतिशत कामदार यस्ता यस्ता देशमा रहेका छन्, जहाँ कार्यस्थलमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लागेको छ । ३२ प्रतिशत कामदार यस्तो देशमा छन्, जहाँ अत्यावश्यक गतिविधि बाहेक सबै कारोबारजन्य गतिविधिहरुमाथि रोक लगाइएको छ ।

आईएलओका महानिर्देशक गाय राइडरका अनुसार, विकासशील देशमा कामदारहरुको कामको घण्टामा १५ प्रतिशतभन्दा अधिक गिरावट आएको छ । एजेन्सी 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।