नयाँ कम्पनी खोल्नेको मारामार, ११ दिनमै खुले १२ सय २५ नयाँ कम्पनी

Sep 29, 2020 07:26 AM Merolagani



असोज लागे यता नयाँ कम्पनी दर्ता ह्वात्तै बढेको छ। गएको ११ दिनमा नयाँ कम्पनी दर्ता करिब ४० प्रतिशत बढेको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ।

कार्यालयमा गत असोज एक गतेदेखि ११ गते सम्म १२ सय २५ नयाँ कम्पनी दर्ता भएका छन्। यो भनेको गएको दुई महिनाको तुलनामा ३८.२३ प्रतिशत बढी हो। गत साउन र भदौ महिना भरिमा जम्मा चार हजार एक सय २७ नयाँ कम्पनी दर्ता थिए। जसको दैनिक दर्ता औसत ६८.७८ रहेको थियो। तर गएको ११ दिनमा नयाँ कम्पनी दर्ताको दैनिक औसत १११.३६ रहेको छ। यो भनेको गएको दुई महिनाको औसत दैनिक दर्ताको तुलनामा ३८.२३ प्रतिशत बढी हो।

  

लकडाउन र निषेधाज्ञा खुकुलो भए सँगै बिस्तारै लगानीको वातावरण बन्दै गएको सङ्केतको रुपमा हेरिएको छ। "बिस्तारै लगानीको वातावरण बन्दै गएको सङ्केतको रुपमा यसलाई हेर्नुपर्छ" कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार प्रदीप राज अधिकारीले मेरो लगानी सँग भने।उनका अनुसार पछिल्लो समय कार्यालयमा थपिएका नयाँ कर्मचारी र प्रविधिको सहुलियतले कम्पनी दर्ता बढी हुन थालेको छ।

गत महिना मात्रै कम्पनी रजिस्ट्रार कार्यालयमा अभाव रहेका १० कर्मचारी थपिएका छन्। गएको महिना देखि कार्यालयले सबै काम अभौतिक गर्ने निर्णय गरेको छ। कार्यालयले सबै काम अनलाइन बाटै गर्ने व्यवस्था गरेको छ।

फाइल राख्ने विषयमा दिइएको सहुलियत र अनलाइन बाटै कम्पनी दर्ता देखि अभिलेखीकरण गर्ने सम्मको सहुलियत दिएपछि कार्यालयको काम तीव्र रुपमा अघि बढ्न थालेको छ। यस अघि देखिने गरेको मानिसहरूको भिड पनि  घटेको छ।  तर दैनिक हुने प्रशासनिक कामको चाप भने बढेको छ। मानिसहरू नदेखिने तर प्रविधिले गर्दा काम भने बढी हुने गरेको कार्यालयको तथ्यङ्कले देखाउछ।

असोज लागे यतानै दैनिक १११ वटा नयाँ कम्पनी दर्ता भई रहेका छन्। नयाँ कम्पनी दर्दा हुने बाहेकका काममा समेत उल्लेख्य प्रगति देखिएको छ। 

कार्यालयले डिजिटल फरर्म्याटमा कामलाई परिवर्तन गरेपछि राजस्व सङ्कलन समेत बढेको छ। गएको ११ दिनमै कार्यालयले ६७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। उसले असोज लागे यता गएको ११ दिनमा तीन करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।