निसानको 'धमाकेदार दसैं, तिहार तथा छठ' अफर

Sep 28, 2020 05:28 PM Merolagani



निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्प'ले चाड पर्वको अवसरमा "निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर" उपहार योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्नका साथै ९ महिना सम्मको ईएमआई पनि कम्पनीले नै तिर्ने व्यवस्था गरेको छ । । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ३५ हजार ९९९ रुपैंया बराबर को रेड्मी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजार रुपैयाँसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ्ग, बोश हाई प्रेसर वासर, तिन वर्षको वारेन्टि, तिन बर्ष सम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व. को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।