गुराँस लाइफको लिलाम शेयरमा आजदेखि आवेदन दिन सकिने

Sep 29, 2020 07:18 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको करिब ६ लाख कित्ता अवितरित हकप्रद शेयर खरिदका लागि आज (असोज १३ गते) देखि आवेदन दिन सकिनेछ।

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। बिक्री गरिने शेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने २ लाख ५२ हजार ४४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको छ।

सो शेयर खरिदका लागि असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।