६४ वर्षीय महिलामा निको भएको २ महिनापछि आँखामा भेटियो कोरोना

Oct 12, 2020 04:39 PM Merolagani



चीनमा कोरोनाको एउटा अनौठो घटना सार्वजनिक भएको छ । ६४ वर्षीया वृद्धा महिला कोरोनाबाट निको भएको २ महिनापछि कोरोना भाइरस उनको आँखामा देखिएको छ । 

योभन्दा पहिले पनि कयौँ अनुसन्धानहरुमा भनिएको थियो कि, आँखा रातो भएमा वा सुन्निएमा सावधान हुनुपर्छ । किनकि यो कोरोनाको लक्षण पनि हुनसक्छ ।

लगातार पाँच दिनसम्म सुख्खा खोकी र नौ दिनसम्म पखालाको लक्षण देखिएपछि ती महिलालाई ३१ जनवरीमा अस्पतालामा भर्ना गरियो । उनलाई ज्वरो पनि आइरहेको थियो । छातीको सीटी स्क्यान गर्दा फोक्सोमा संक्रमणको असर देखियो । त्यसपछि उनको परीक्षण गर्दा कोरोना संक्रमण देखियो । तर उनमा कुनै गम्भीर समस्या वा आँखामा पनि केही समस्या थिएन ।

फेब्रुअरीमा दुई पटक रिपोर्ट नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरियो । त्यसको करिब ८ दिनपछि उनलाई आँखा दुख्न सुरु भयो । केही दिनसम्म लगातार दुखाई बढेसँगै उनको आँखाको दृष्टि कमजोर हुन थाल्यो। दुखाई सहने क्षमता पार भएसँगै उनी अस्पताल पुगिन् ।

दुई पटक उनको आँखाको सर्जरी गरियो । यद्यपी लगातार दुखाई बढेसँगै उनको आँखाको टिश्यू स्याम्पल लिएर परीक्षण गर्दा कोरोना भाइरस भेटियो । एजेन्सीको सहयोगमा 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।