भारतका १० ठूला टेक अरबपति, जसको सम्पत्ति कोरोना संकटको समयमा पनि दोब्बर भयो

Oct 14, 2020 11:39 AM Merolagani

कोरोना भाइरसका कारण सन् २०२० विश्वभरका मानिसहरुका लागि संकटग्रस्त रह्यो। सामान्य मानिसदेखि ठूला धनाढ्य अरबपतिहरुका लागि समेत यो वर्ष चुनौतीपूर्ण रह्यो। कोरोना भाइरस र लकाडाउनले व्यापार र व्यवसायिक गतिविधिहरुलाई अत्याधिक प्रभावित पार्याे। 

यद्यपी, महामारीका बाबजुद भारतीय शेयर बजार बीएसईमा सूचीकृत सबै कम्पनीहरुको बजार पूँजीकरण दोब्बर गतिमा बढ्यो।

यसैबीच आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० ले भारतमा सबैभन्दा धनी मानिसहरुको सूची जारी गरेको छ। जसमा करिब १६१ टेक्नोलोजी सेक्टरका नयाँ अनुहारहरुले खास स्थान बनाएका छन्।

भारतका टप १० टेक अरबपतिहरुको सूचीमा शीर्ष स्थानमा शिव नाडर रहेका छन्। उनको कुल सम्पत्ति १४ खर्ब १७ अर्ब भारतीय रुपैयाँ (रुपए) रहेको छ। एचसीएलको शेयर मूल्यमा ३७ प्रतिशतको बढोत्तरीसँगै शिव नाडर प्रविधिको क्षेत्रमा सबैभन्दा धनी व्यक्ति बनेका हुन्।

दोस्रो स्थानमा अजीम प्रेमजी रहेको छन्। उनको कुल सम्पत्ति ११ खर्ब ४४ अर्ब रुपए रहेको छ। इन्डियन मल्टीनेशनल कम्पनी विप्रो इन्टरप्राइजेज लिमिटेडका संस्थापक अजीम प्रेमजी आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० मा दोस्रो सबैभन्दा ठूलो टेक अरबपतिका रुपमा रहेका छन्।

आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को सूचीमा जय चौधरी तेस्रो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति ६ खर्ब ५८ अर्ब रुपए रहेको छ। क्लाउड–आधारित सूचना सुरक्षा कम्पनीका संस्थापक जय चौधरी तेस्रो सबैभन्दा धनी टेक अरबपति र भारतका १२ औँ सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका छन्।

विजय शेखर शर्मा २ खर्ब ३० अर्ब कुल सम्पत्तिका साथ आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को सूचीमा चौँथो स्थानमा छन्। पेमेन्ट कम्पनी पेटीएमका संस्थापक शर्माको सम्पत्ति सन् २०१९ को तुलनामा २०२० मा १३ प्रतिशतले वृद्धि भएको छ।

बायजू रविंद्रन आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को सूचीमा पाँचौँ टेक अरबपतिका रुपमा रहेका छन्। उनको कुल सम्पत्ति २ खर्ब ४ अर्ब रुपए रहेको छ। कोरोनाको अवधिमा सबैभन्दा धेरै फाइदाजनक अनलाइन लर्निङ स्टार्टअप बायजूलाई भएको छ।

इन्फोसिसका सह–संस्थापकमध्येका एक एस गोपाल कृष्णन एण्ड फेमिली एक खर्ब ८१ अर्ब रुपय सम्पत्तिका साथ आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को छैठौँ सबैभन्दा धनी भारतीय टेक अरबपतिको सूचीमा रहेका छन्। २०२० मा उनको कुल सम्पत्तिमा २० प्रतिशतको बढोत्तरी भएको छ।

इन्फोसिसका अर्का सह–संस्थापक एनआर नारायण मूर्ति एण्ड फेमिलीले यस वर्ष आफ्नो कुल सम्पत्ति केबल एक प्रतिशत मात्र बढाएका छन्। उनी एक खर्ब ६४ अर्ब कुल सम्पत्तिका साथ यस वर्ष भारतको सबैभन्दा धनी टेक अरबपतिको सूचीमा सातौँ स्थानमा छन्।

लिडिङ अटो कम्पोनेन्ट निर्माता एंड्यूरेन्सका अनुराग जैन एण्ड फेमिली एक खर्ब ६० अर्ब कुल सम्पत्तिका साथ आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को टप १० टेक अरबपतिको सूचीमा परेका छन्। सन् २०२० मा उनको कुल सम्पत्तिमा करिब ५५ प्रतिशतसम्मको बढोत्तरी भएको छ।

आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को टप १० टेक अरबपतिको सूचीमा आईटी कन्सल्टिङ र आउटसोर्सिङ फर्म सिन्टेलका सह–संस्थापक भारत देसाई पनि परेका छन्। उनको कुल सम्पत्ति एक खर्ब ५७ अर्ब रुपए रहेको छ। यो वर्ष उनको कुल सम्पत्तिमा ४ प्रतिशतको बढोत्तरी भएको छ।

आईआईएफएल हुरुन इन्डिया रिच लिस्ट २०२० को सुचीमा दशौँ टेक अरबपतिका रुपमा दिव्यांग तुराखियाको नाम सूचीकृत भएको छ। प्रमुख अनलाइन विज्ञापन प्रविधि कम्पनीका संस्थापक दिव्यांगको कुल सम्पत्ति एक खर्ब ४० अर्ब रुपए रहेको छ। एजेन्सीको सहयोगमा 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।