नेपाल फाइनान्सले तोक्यो हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति

Oct 14, 2020 10:28 AM Merolagani

नेपाल फाइनान्स लिमिटेड (NFS) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फाइनान्सले हकप्रद निष्काशन प्रयोजनको लागि कात्तिक ६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। फाइनान्सले १२५ प्रतिशत अर्थात विद्यमान १ कित्ता शेयर बराबर नयाँ १.२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल १३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको १२५ प्रतिशत हकप्रद बिक्रीपश्चात पूँजी ३० करोड ५५ लाख रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बेंकले फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले भनेअनुसारको पूँजी पुर्याउन फाइनान्सले थप १७५ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ। उक्त प्रस्ताव फाइनान्सको साधारणसभाले पारित गरिसकेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।