भ्याक्सिन परीक्षण रोकिएको खबरसँगै एशियाली शेयर बजारमा गिरावट

Oct 14, 2020 11:35 AM Merolagani



कोभिड–१९ को भ्याक्सिन परीक्षणमा रोक लगाएको खबरसँगै यसको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। 

जोनसन एण्ड जोनसन जेएनजे डट एन ले मंगलबार भ्याक्सिन अध्ययनका क्रममा एक सहभागी बिरामी भएको भन्दै भ्याक्सिनको परीक्षणमा रोक लगाएको थियो।

योसँगै जे एण्ड जे को शेयरमा २.३ प्रतिशतको गिरावट आएको छ, जबकि एली लिली करिब ३ प्रतिशत तल झरेर बन्द भयो।

यता जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.२ प्रतिशतले घटेको छ। जापानको निक्केई एन २२५ सूचकमा पनि ०.२ प्रतिशतको गिरावट देखिएको छ। जबकि दक्षिण कोरियाको केएस११ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।

चिनीयाँ ब्लू चिप शेयर ०.३ प्रतिशत घटेर खुल्यो।

यसैगरी वालस्ट्रटीमा डउ जोन्समा ०.५ प्रतिशत, एसएण्डपी ५०० सूचकमा ०.६३ प्रतिशत र नास्डाक कम्पोजिटमा ०.१ प्रतिशतको गिरावट देखियो। एजेन्सी