पहिलाे त्रैमासको अन्तिम कारोबार दिन बजार सकारात्मक

Oct 15, 2020 03:41 PM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। असोज २९ गते बिहीबार नेप्से परिसूचक १.२९ अंक अर्थात ०.०८ अंक बढेर १५६२.४६ विन्दुमा बन्द भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।

यस दिन नेप्से परिसूचक सामान्य अंक बढेपनि कारोबार रकम भने केही घटेको छ। यस दिन १९६ कम्पनीको २३ हजार ८९ पटकको कारोबारमा १ अर्ब ४२ करोड ५८ रुपैयाँ बराबरको ४९ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल फाइनान्सले हकप्रद निष्काशन गर्दैछ भने जनरल इन्स्योरेन्सको शेयर कारोबार हिजोदेखि शुरु भएको हो।

कारोबारमा आएको गुराँस लघुवित्त र आँखुखोल जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढीले घटेको छ।

यस दिन १२ उपसमूहको परिसूचक मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.१५ प्रतिशत, व्यापारको ०.३ प्रतिशत, हाइड्रोपावरको ०.५४ प्रतिशत, अन्यको ०.६५ प्रतिशत र म्युचुअल फण्डको ०.०७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ४० लाख ८४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।