पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि , उपत्यकाका १९३५ जना

Oct 15, 2020 04:31 PM Merolagani



पछिल्लो २४ घण्टामा थप तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित ३६ हजार ५३३ जना छन् ।

 

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ९३५ जना रहेका छन् । संक्रमितमध्ये काठमाडौंका एक हजार ६९३, ललितपुरका १०८ र भक्तपुरका १३४ जना हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या तीन हजार ५६४ जना रहेको छ । हालसम्म देशभरमा कुल ८४ हजार ५१८ जना कोरोना मुक्त भइसकेका छन् ।

गत २४ घण्टामा १६ हजार ५९८ पीसीआर परीक्षण भएको छ । यसरी अहिलेसम्म देशभरमा १२ लाख ३७ हजार ६३६ परीक्षण भइसकेको छ ।

हाल चार हजार ८२५ जना क्वारेन्टिनमा छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।