दशैं नजिकिएसँगै बैंकमा नगद झिक्नेको चाप बढ्यो

Oct 16, 2020 07:46 AM merolagani



दशैं नजिकिएसँगै बैंकमा नगद झिक्नेको चाप बढेको छ । दशै नजिकिएसँगै अत्यावश्यक बस्तु खरिद गर्न बैंकबाट नगद झिक्नेको चाप बढेको हो ।

यसपालीको दशैं घर अागनमा अाइसकेकाे छ । दशैंकाे टिका कार्तिक १० गते परेको छ । आगामी बिहीबारसम्म मात्र बैंक खुला हुने भएकाले पनि नगद झिक्नेको चाप बढेको हो । काठमाडौंमा रहेका कर्मचारीहरु कोही गाँउ फर्किने तयारीमा रहेकाले पनि सरसामान खरिद गर्न बैंकबाट नगद झिक्न थालेकाले पनि भिडभाड बढन पुगेकाे हाे।

त्यसैगरी, केहीले दशैं खर्चका लागि बृद्ध भक्ता, पेन्सन, तलब झिक्ने भएकाले पनि बैंकमा झिडभाड बढेको छ । साथै, बिदेशमा गएका नेपालीले नेपालमा रहेका आफन्तलाई रेमिटयान्स मार्फत रकम पढाउने र त्यस्तो रकम झिक्नका लागि पनि बैंकमा भिडभाड बढन पुगेको हो ।

कारोनाका संक्रमणका कारण औषधि उपचार खर्चका लागि बैंकबाट रकम झिक्ने पनि त्यतिकै भएको बैंकका कर्मचारीहरु बताउँछन् ।

दशै नजिकिएसँगै बैंकबाट नगद झिक्नेको बढी भिडभाड भएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए। ‘दशैं सुरु हुन लागेकाले निक्षेप संकलन गर्न आउनेको भन्दा झिक्नेको चाप देखिएको हो,’ उनले भने, ‘दशैंको समयमा नगद जम्मा गर्ने भन्दा झिक्ने कैयौ प्रतिशतले बढी हुने गर्छन् ।

त्यसैले अहिले निक्षेप झिक्नेको चाप बढेको उनको भनाइ छ । यतिबेला बैंकहरुले पनि रकम बढी जाने भएकाले जोहो गरेर राख्ने गरेका हुन्छन्।

कोरोना भाइरस संक्रमण बढेका कारण कतिपय बैंकका शाखा बन्द रहेका छन् । त्यसैले पनि खुला भएका शाखाहरुबाट नगद झिक्नेको चाप बढेको बैंकका कर्मचारीहरु बताउँछन् । यो क्रम आगामी साता अझै बढने उनीहरुको भनाइ छ ।

सर्वसाधारण नागरिकले दैनिक उपभोग्य बस्तु खरिदका लागि माेवाइल बैंकिङकाे युज र एटिएमबाट पनि नगद रकम  झिकिरहेका हुन्छन् । जुनसुकै बेला इन्टरनेट बैंकिङ सेवा र एटिएम मेसिन पनि खुल्ला रहने भएपनि बैंकबाट नगद झिक्नेको चाप पनि केही दिनयता बढेको पौडेलले बताए । यता दशैंअघि ऋण प्रवाह भने करिव ठप्प जस्तै भएको उनको भनाइ छ ।

अर्कोतिर साँवा, ब्याज र किस्ता बुझाउने समय असोज मसान्त (शुक्रबार) सम्म रहेकाले पनि बैंकमा झिडभाड बढेको हो ।

नेपाल राष्ट बैंकले असारसान्तसम्म बुझाउने पर्ने साँवा र ब्याज असोजसम्म बुझाएपनि हुने व्यवस्था गरेको थियो । पहिला साँवा र ब्याज नबुझाएकाले पनि अहिले बुझाउन आउने भएकाले पनि भिडभाड बढेको हो ।

अहिले बैंकमा पुगेर नगद झिक्ने र साँवा ब्याज बुझाउने बढेकाले पनि बैंकमा भिडभाड बढेको हो ।

तर, कारोनाका कारण अघिल्लो वर्षको दशैंमा भन्दा यस वर्षको दशैंमा कम भिडभाड भएको बैंकका कर्मचारीहरु बताउँछन् । कोरोना भाइरस संक्रमण बढन सक्ने सम्भावना भएकाले पनि गाँउ फर्किने मुडमा सर्वसाधारण छैनन् ।

गत वर्षको दशैंमा भन्दा यस वर्षको दशैंमा खर्च गर्ने वातावरण पनि छैन् । रेष्टुरेन्टमा गएर खाने अवस्था नभएकाले पनि यसपालीको दशैंमा खर्च कम हुने सम्भावना छ । अर्कोकुरा, कोरोना भइरसका कारण कतिपयको रोजगारी गुमेको छ । रोजगारीमा रहेकाले पनि कम तलब पाइरहेका छन् । यसले गर्दा पनि खर्च गर्ने सक्ने क्षमतामा कमी आएको छ ।

 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।