शुक्रबार सुनको भाउ वृद्धि, चाँदी भने स्थिर

Oct 16, 2020 11:40 AM Merolagani



असोज ३० गते, शुक्रबार सुनको भाउ वृद्धि भएको छ । पछिल्लो केहि दिन घटेको सुनको भाउ यसदिन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।