शुक्रबार सुनको भाउ वृद्धि, चाँदी भने स्थिर

Oct 16, 2020 11:40 AM Merolagani



असोज ३० गते, शुक्रबार सुनको भाउ वृद्धि भएको छ । पछिल्लो केहि दिन घटेको सुनको भाउ यसदिन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।