वीरगञ्जमा प्रहरीले फेला पार्यो स्रोत नखुलेको १८ करोड मूल्य बराबरको २३ किलो सुन

Oct 17, 2020 04:39 PM Merolagani



वीरगञ्जको रेशमकोठीमा रहेको एक अपार्टमेन्टमा छापा मारेर प्रहरीले स्रोत नखुलेको २३ किलो भन्दा धेरै सुन बरामद गरेको छ । अहिलेको बजार भाउ अनुसार पक्राउ परेको सुनको मूल्य १८ करोड भन्दा धेरैको हो ।

वीरगन्ज महानगरपालिकाको गणेश अपार्टमेन्टबाट उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एक किलोग्राम तौलका १३ वटा बिस्कुट, ८ किलो ५७६ ग्राम तौल भएको ४६ वटा मझौला बिस्कुट र एक किलो तौल भएको १०० ग्रामका १० वटा सुनका बिस्कुट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

छापा पारेको अर्पाटमेन्टबाट २ किलो २६२ ग्राम बराबरको चाँदीको गहना पनि बरामद भएको पन्तको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।