बडा दशैंमा बिआके स्मार्टबाट डिजिटल दक्षिणामा ३०० सम्मको नगद उपहार

Oct 21, 2020 07:02 PM Merolagani



बैंक अफ काठमाण्डूले (BOKL) आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बडा दशैंमा ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंकले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो ।

यसका साथै, चाडपर्वलाई हर्षोल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार रुपैयाँ वा सो भन्दा बढि भएमा तीन सय रुपैयाँ नगद उपहार पाइनेछ । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरुलाई दक्षिणा दिदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन अनुरोध गर्दछौं । साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले निम्न लिखित शर्तहरुको पालना गर्नुपर्ने छ । 

१. ग्राहकहरुले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ ।
२. रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ ।
३. उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरुले ३ कारोबार गर्दा क हजार रुपैयाँ वा सो भन्दा बढी हुनुपर्नेछ ।
४. दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ ।
५. दक्षिणा कारोबारको विबरणमा “DAKSHINA” राख्नु पर्नेछ ।
६. यो योजनामा सहभागी हुन ग्राहकहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।