ओरियन्टल होटलले डाक्यो २३ औँ वार्षिक साधारण सभा, के के छन् प्रस्ताव?

Oct 22, 2020 07:05 AM Merolagani



ओरियन्टल होटल्स लिमिटेड (OHL) ले मंसिर ४ गते तेइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। होटलले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे भर्चुअल माध्यम जुम एमबाट सो सभा सञ्चालन गर्न लागेको हो।

सभामा सञ्चालक समितिको तेइसौँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन्।

साधारण सभा प्रयोजनार्थ होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।