सानिमा बैंकले डाक्यो १६ औँ वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

Oct 23, 2020 07:26 AM Merolagani



सानिमा बैंक लिमिटेड (SANIMA) ले लाभांश प्रस्ताव पारित गर्न १६ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले कात्तिक २८ गते, आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे सभा डाकेको हो।

  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनाको लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।

विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ।

हाल बैंककाे चुक्ता पूँजी ८ अर्ब ८० कराेड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेकाे छ। बाेनस शेयर वितरणा पश्चात बैंककाे चुक्ता पूँजी ९ अर्ब ६८ कराेड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।