दशैँको दक्षिणा कसरी सदुपयोग गर्ने ?

Oct 26, 2020 12:29 PM Merolagani



हिन्दू धर्मावलम्बीहरुको महान् चाडका रुपमा दशैँलाई लिइन्छ । दशैको विशेष दिन अर्थात् विजया दशमी आफ्ना मान्यजनबाट आर्शिवाद र टिका थाप्ने दिन, सबै टिका लगाउन व्यस्त हुन्छन्। यो वर्षको दशैँ कोरोनाका कारण राम्रोसँग मनाउन र टाढा टाढा रहेका आफ्ना आफन्तजनहरुसँग टीका थाप्न जान पनि सम्भव नहोला ।

 

यद्यपी जति मान्यजन र आफन्तजनसँग टीका थाप्न सम्भव हुन्छ, यहि बेला हामीले उहाँहरुबाट टीकासँगै प्राप्त गर्ने दक्षिणालाई कसरी धेरैभन्दा धेरै सदुपयोग गर्न सकिन्छ, त्यतातिर ध्यान दिनु राम्राे हुन्छ ।  

दशैँ भन्ने बित्तिकै राम्रो लुगा, मिठो मिठो परिकारका खाना बनाएर सबै परिवारका सदस्यहरु एकै ठाउँमा जमघट भएर मनाउने चाड अनि मान्यजनबाट आर्शिबाद र टीका थाप्ने र दक्षिणा पाउने गरिन्छ। यद्यपी कोरोनाका कारण यो दशैँमा धेरैजना एकै ठाउँमा जमघट गर्ने र आहोरदोहोर नगर्न सरकारले पनि अनुरोध गरेको छ । 

नेपालीहरुले धेरै खर्च गर्ने चाडहरुमध्ये दशैँ प्रमुख हो। दशैँमा खर्च हुन्छ भनेर नै अधिकांश कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई दशैँ खर्च स्वरुप अतिरिक्त रकम दिने गर्दछन्। यद्यपी खर्चसँगै दशैँको अर्काे महत्वपूर्ण पाटो आम्दानी पनि हो । 

केटाकेटी, नयाँ बेहुला–बेहुली, महिला र पाको उमेर भएकाहरुले दशैँमा दक्षिणा स्वरुप बढी पैसा आर्जन गर्दछन् । दशैँको दक्षिणा खर्च गर्न अनेक बहानाहरु हुन्छन् तर तपाईहरुले दक्षिणा स्वरुप प्राप्त उक्त पैसालाई खर्चभन्दा आम्दानीको रुपमा सदुपयोग गर्नुभयो भने यसले तपाईलाई भविष्यका लागि केही सहयोग र आधार समेत प्रदान गर्दछ ।

यद्यपी सबैको मन खर्च गर्ने खालको नै हुन्छ भन्ने छैन तर धेरैले मेहनतबाट कमाउनेभन्दा दक्षिणा स्वरुप प्राप्त हुने भएकाले कम महत्व दिएको पाइन्छ । कतिपयलाई थोरै पैसाको सदुपयोग कसरी गर्ने? कहाँ राख्ने? वा कहाँ, कसरी लगानी गर्ने? भन्ने जानकारी वा ज्ञान नहुँदा पनि उक्त पैसा स्वतः खर्च भएर सकिने गरेको छ।

थोरै रकमबाट हुने लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ। भविष्यका लागि राम्रो ठाउँमा लगानी गर्ने चाहना भएमा दशैँमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराका बारेमा जान्न जरुरी हुन्छ ।

दशैँमा दक्षिणा स्वरुप प्राप्त सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ । जहाँ तपाईको दक्षिणाकोे सही सदुपयोग हुनसक्छ । दशैँमा जम्मा भएको दक्षिणा बैंक खाता खोलेर जम्मा गर्न पनि सकिन्छ। भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो। त्यसैले सानो रकम भनेर हेला नगर्नुहोस्, बेलैमा सही ठाउँमा सदुपयोग गर्नुहोस् ।

सानो–सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । त्यसैले बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ । थोरै पैसाले कुनै ठूलो काम नबनेपनि बिस्तारै जम्मा गर्दै गएको रकमले पछि भविष्यमा कुनै ठूलो काम गर्न पनि सकिन्छ ।

लगानी गरेर बाँकी भएको पैसाले मात्र अन्य ठाँउमा खर्च गर्ने हो। हामीले बेला बेलामा थोरै–थोरै जम्मा गरेको बचतले भविष्यमा ठूलै कामको लागि सहयोग पुग्नसक्छ ।

त्यस्तै दशैँमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने पनि छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । रकम चुक्ता गर्ने समय कतिपयलाई बोझिलो लाग्न पनि सक्छ। त्यसैले दशैँपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दशैँमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ।

यसका साथै दशैँमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारमा लगानी गर्नका लागि ठूलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ। यसका लागि तपाईहरुले शेयर बजारको बारेमा राम्रो सँग बुझ्न र अध्ययन गर्न भने जरुरी छ । सुरुमा कम्पनीहरुले निष्काशन गर्ने आइपीओबाट पनि लगानी गर्न सक्नुहुन्छ।

दशैँपछि धेरै कम्पनीका आइपीओहरु बजारमा आउने तयारीमा रहेकाले तपाईले आफ्नो दशैँको दक्षिणालाई त्यसैमा लगानी गर्न पनि सक्नुहुनेछ ।

अहिले प्राथमिक बजारमा लगानी गर्नका लागि धेरै रकम पनि नचाहिने भएकाले दशैँमा जेजति रकम जम्मा हुन्छ, त्यसबाटै पनि शेयर किन्न सकिन्छ । सानो रकम अर्थात् एक हजार रुपैयाँबाटै शेयरमा लगानी गर्न सकिन्छ । त्यसैले फजुल खर्च घटाएर स–सानो रकमबाट आजैदेखि बचत शुरु गर्नुहोस् र भविष्यका लागि काम लाग्ने, आफूलाई उपयुक्त हुने स्थानमा लगानी गर्नुहोस् ।

पछिल्लो समय कोरोना महामारी व्याप्त रुपमा फैलिएकाले भीडभाड र धुमधामका साथ दशैँ मनाउनुभन्दा सावधानी अपनाएर सुरक्षित भई कोरोना फैलिन नदिनु उचित हुन्छ । आफू र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्दै दशैँ मनाउनुहोला । शुभ दशैँ। 

प्रस्तुतिः सबिना बजगाई 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।