आज विजया दशमी,अधिकांशले मान्यजनबाट माेवाइलमै आशिर्वाद लिँदै,टीकाको सुभ साइत १०ः१९ बजे

Oct 26, 2020 06:15 AM merolagani

आज नेपाली हिन्दूहरूकाे महान चाड बिजया दशमी । मान्यजनकाे हातबाट टीका र अाशिर्वाद लिएर मनाइदै छ। दशैंको टीकाको सुभ साइत आज १०ः१९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज १०ः१९ बजे टीका लगाउँदा सुभ हुने छ ।

दशैंमा टीका लगाउन जादा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले यसपालीको दशैैंमा प्रविधिको प्रयोग गरेर टीकाका दिन मान्यजनबाट आशिर्वाद लिनेको संख्या अत्याधिक छ ।

आफन्तहरू मान्यजनका सामु उपस्थित हुन नसक्दा मोवाइल, ल्यापटप, आइप्याड र कम्प्युटरका सहायताले स्काइप, म्यासेन्जर र भाइबरबाट आशिर्वाद लिने छन् । मान्यजन कहाँ भौतिक रुपमा उपस्थित हुन नसकेपनि नयाँ प्रविधिको प्रयोग गरेर आशिर्वाद लिने क्रम बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणका कारण पनि यसपालीको दशैंमा प्रविधिको प्रयोग गरेर आशिर्वाद लिने क्रम अझै बढेको छ ।

अहिले हरेकको हातहातमा मोबाइल, घरघरमा ल्यापटप भएकाले जतिसक्दो प्रविधिको सदुपयोग गरेर आफन्त सामु पुग्न सहज भएको छ । स्वदेशमा रहेका नेपालीले मात्र होइन, विदेशमा रहेका नेपालीले पनि प्रविधिको प्रयोग गरी आशिर्वाद लिने गर्छन् ।

अहिले पनि करिव ४० लाख नेपाली आफ्नो जन्मभूमी छाडेर कामको शिलशिलामा विदेशी भूमिमा छन् । कोरोनाले आक्रान्त पारेको नेपालको अर्थतन्त्रलाई थेग्ने काम विदेशमा रहेका नेपालीको पठाएको रकमले गरेको छ । विदेशमा रहेका नेपालीले पठाएको रकम रेमिटयान्सले मुलुक चलेको छ ।

कुल बजेटको आधा हिस्सा भन्दा बढी रकम विदेशमा रहेका नेपालीले पठाउने गरेका छन् । मुलुकको बजेट १५ खर्ब नजिकको छ, रेमिटयान्स प्रत्येक वर्ष करिव ९ खर्ब आउँछ । रेमिटयान्सले मुलुकको अर्थतन्त्र चलेको छ भन्दा पनि फरक पर्दैन् ।

विदेशमा रहेका नेपाली पनि कोरोना भाइरसको संक्रमणका कारण यसपालीको दशैंमा स्वदेश आउन सकेका छैनन् । उनीहरुले पनि नेपालमा रहेका मान्यजनबाट प्रविधिको सदुपयोग गर्दै आशिर्वाद लिने छन् । नेपालमा रहेका पनि एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने सम्भावना नभएका कारण पनि प्रविधिको प्रयोग गरी दशैंको दिन आशिर्वाद लिदै छन् ।

अहिले प्रविधि गर्दा सजिलो भएको छ । प्राविधीले मान्यजनबाट आर्शिरबाद लिने र आर्शिवाद दिने बीचको दुरी साँघुरिएको छ । यो स्थितिमा दशैँको टीकाका दिन पनि प्रविधिलाई आफू अनुकूल बनाउन जो कोही नेपाली पनि मान्यजनबाट आशिर्वाद लिन सक्ने छन् । प्रविधीले दुरी टाढा भएपनि नजिक ल्याउने काम गरेको छ । कोरोना भाइरसले त्यस्तो प्रविधिको प्रयोगमा बढी जोड दिन वाध्य बनाएको छ ।

पछिल्लो समय मुलुकभर कोरोना संक्रिमतको संख्या बढदै गएको छ । सरकारले पनि कोरोना भाइरस नियन्त्रणका लागि अनेक उपाय उपनाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अघि देशवासीको नाममा सम्बोधन गर्दै महामारीको संक्रमणको वेग थामी नसक्नु भएकाले जो जाहाँ छौ, त्यही रहेर दसैं मनाउन आग्रह गरेका छन् ।

हुनपनि कोरोना भाइरसका कारण दैनिक सरदर ४ हजारको हाराहारीमा कोरोना संक्रिमित देखिन थालेका छन् । त्यसमा पनि दशैंमा बढी चहलपहल हुने भएकाले बढी संक्रमित हुनेको संख्या बढने हुनाले पनि प्रधानमन्त्रीले यस्तो संदेश दिएका हुन् ।

कोरोना भाइरस संक्रमण बढने भएकाले नागरिकहरु पनि एक ठाउँबाट अर्कोठाउँ जान हिचकिचाइ रहेका छन् । दशैंमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नेमा सरकार र नागरिक दुवै सचेत भएका छन् । टीकाको दिन आज आवागमन र भेटघाटले कोरोना भाइरस ह्वात्तै सक्ने भएकाले पनि नागरिकहरु सचेत भएर जो जहाँ छन् त्यही बसेर प्रविधिको प्रयोग गरेर मान्यजनबाट आशिर्वाद लिदै छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।