चुनावी दिन नजिकिँदै जाँदा पोल कम्पनीहरुले मतदाताहरु कुन उम्मेद्वारलाई मन पराउँछन् भन्ने प्रश्न सोधेर देशको मुड जान्न प्रयास गरिरहेका छन्।
नेशनल प्रेसिडेन्सियल पोलमा बाइडेन अगाडि
उम्मेद्वार मुलुकभरीमा कत्तिको लोकप्रिय छ भन्ने जान्न नेशनल पोल एक राम्रो मार्गनिर्देशन हो। तर, चुनावको नतीजाको पूर्वानुमान गर्ने राम्रो तरिका हो भन्ने मान्न आवश्यक छैन।
उदाहरणको लागि, सन् २०१६ मा यस पोल अनुसार हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पलाई करिब ३ मिलियन भोटले जितेकी थिइन् तर पनि उनी हारिन्। किनभने अमेरिकाले इलेक्ट्रोल कलेज सिस्टम प्रयोग गर्छ, त्यसैले धेरै भोट पाउनेले सँधै चुनाव जित्छ भन्ने हुँदैन।
यसका बाबजुत, सालको शुरुवात देखि नै अधिकांश नेशनल पोलहरुमा डोनाल्ड ट्रम्पभन्दा जो बाइडेन अगाडि देखिएका छन्। उनले हालैको महिनामा लगभग ५० प्रतिशतको वृद्धि गरेका छ भने विशेष अवसरहरुमा १० अंक बढी हासिल गरेका छन्।
यसका विपरित, २०१६ मा चुनाव निकै अस्पष्ट थिए र चुनाव अघिका दिनहरुमा ट्रम्प र उनका प्रतिद्वन्द्वी बीच केही प्रतिशत विन्दुको मात्र फरक देखिएको थियो।
कुन राज्यले छुट्याउँछ यस निर्वाचनलाई?
सन् २०१६ मा देखिए अनुसार, उम्मेद्वारले कति भोटले विजय पाउँछ भन्दा पनि कुन ठाउँमा विजय हुन्छ त्यो महत्वपूर्ण हुने देखिएको छ।
अधिकांश राज्य लगभग जहिल्यै एकै तरिकाले मतदान गर्छन्, जसको अर्थ वास्तवमा केही मुठ्ठीभर राज्य यस्ता छन्, जहाँ दुबै उम्मेद्वारले जित्ने मौका प्राप्त गर्न सक्छन्। यी यस्ता स्थानहरु हुन् जहाँ चुनावको हार जित हुन्छ र यसलाई युद्धभूमि राज्य भनेर पनि भन्ने गरिन्छ।
अमेरिकाले राष्ट्रपति चयन गर्नका लागि इलेक्ट्रोल कलेज सिस्टम प्रयोग गर्छ, हरेक राज्यलाई, कंग्रेस हाउस र सिनेटमा कति जना सदस्य पठाउँछ, त्यसका आधारमा निश्चित भोट दिइन्छ। कुल ५३८ इलेक्ट्रोल कलेज भोट हुन्छन्, त्यसैले विजयी हुनका लागि उम्मेद्वारले २७० भोट प्राप्त गर्नुपर्ने हुन्छ।
माथिको चित्रमा केही यस्तो यूद्धभूमि राज्यहरु देखाइएको छ जहाँ अन्य राज्यहरुभन्दा धेरै इलेक्ट्रोल भोटहरु छन् र उम्मेद्वारहरुले ती राज्यहरुमा प्रचारप्रसारका लागि धेरै समय बिताएका छन्।
यी युद्धभूमिहरुमा कसले अग्रता हासिल गरिरहेको छ?
बीबीसी