विद्युत विक्री घटेसँगै छ्याङ्दी हाइड्रोपावरको नाफा ५७.६७ प्रतिशत घट्यो

Nov 13, 2020 02:56 PM Merolagani



छ्याङ्दी हाइड्रोपावर (CHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाइड्रोपावरको यो नाफा गत आवको तुलनामा ६० लाख रुपैयाँ अर्थात् ५७.६७ प्रतिशतले कम हो । 

गत आवको सोही अवधिमा हाइड्रोपावरले एक करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

विद्युत विक्रीको आम्दानी घट्नुका साथै अन्य स्रोत मार्फतको आम्दानी पनि घटेकाले हाइड्रोपावरको नाफामा गिरावट देखिएको हो ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत् एक करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । हाइड्रोपावरको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ४९ लाख ७८ हजार रुपैयाँ अर्थात् २२.७७ प्रतिशत कम हो ।

यसैगरी हाइड्रोपावरले अन्य स्रोत मार्फत् ५०९ रुपैयाँ मात्र आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् एक लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ २२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात २३.७९ गुणा छ । 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।