विद्युत विक्री घटेसँगै छ्याङ्दी हाइड्रोपावरको नाफा ५७.६७ प्रतिशत घट्यो

Nov 13, 2020 02:56 PM Merolagani



छ्याङ्दी हाइड्रोपावर (CHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाइड्रोपावरको यो नाफा गत आवको तुलनामा ६० लाख रुपैयाँ अर्थात् ५७.६७ प्रतिशतले कम हो । 

गत आवको सोही अवधिमा हाइड्रोपावरले एक करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

विद्युत विक्रीको आम्दानी घट्नुका साथै अन्य स्रोत मार्फतको आम्दानी पनि घटेकाले हाइड्रोपावरको नाफामा गिरावट देखिएको हो ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत् एक करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । हाइड्रोपावरको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ४९ लाख ७८ हजार रुपैयाँ अर्थात् २२.७७ प्रतिशत कम हो ।

यसैगरी हाइड्रोपावरले अन्य स्रोत मार्फत् ५०९ रुपैयाँ मात्र आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले अन्य स्रोत मार्फत् एक लाख २७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ २२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात २३.७९ गुणा छ । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।