शुक्रबार उपत्यकाका १२०७ जना सहित २१११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

Nov 13, 2020 05:47 PM Merolagani



शुक्रबार दुई हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु ३७ हजार २२ जना छन् ।

 

पछिल्लो २४ घण्टामा कोभिड १९का कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार २०२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार २०७ जना रहेका छन् । ती मध्ये काठमाडौंका ९१९, ललितपुरका १८० र भक्तपुरका १०८ जना छन् ।

यसैगरी गत २४ घण्टामा कोरोना निको हुने तीन हजार ५३७ जना रहेका छन् भने अहिलेसम्म कुल एक लाख ६८ हजार १२९ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेनिटनमा ९८६ जना छन् ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।