शुक्रबार उपत्यकाका १२०७ जना सहित २१११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

Nov 13, 2020 05:47 PM Merolagani



शुक्रबार दुई हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु ३७ हजार २२ जना छन् ।

 

पछिल्लो २४ घण्टामा कोभिड १९का कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार २०२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार २०७ जना रहेका छन् । ती मध्ये काठमाडौंका ९१९, ललितपुरका १८० र भक्तपुरका १०८ जना छन् ।

यसैगरी गत २४ घण्टामा कोरोना निको हुने तीन हजार ५३७ जना रहेका छन् भने अहिलेसम्म कुल एक लाख ६८ हजार १२९ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेनिटनमा ९८६ जना छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।