कोरोना भ्याक्सिन छिट्टै आउन सक्ने, एडीबीले भ्याक्सिन वितरणका लागि दियो २ करोड डलर

Nov 18, 2020 12:43 PM Merolagani



एशियाली विकास बैंक (एडीबी) ले आफ्ना विकासशील सदस्य देशहरुलाई कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउनका लागि २ करोड ३ लाख डलर वितरण गरेको छ । 

एडीबीले भनेको छ, हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि भ्याक्सिनको वितरण समानतामा आधारित तथा प्रभावकारी तरिकाबाट होस् ।

एडीबीका विकासशील सदस्यहरुलाई यो कोष भ्याक्सिनसँग सम्बन्धित स्वास्थ्य प्रणालीको आँकलन र यसलाई मानिसहरुसम्म सुरक्षित तरिकाबाट पुर्याउने तयारीका लागि उपलब्ध हुनेछ ।

एडीबीका महानिर्देशक वूचांग उमले भने, एशिया र प्यासिफिकले अधिक हदसम्म कोभिड–१९ को प्रचार रोक्नका लागि राम्रो काम गरेका छन् । अब कोरोनाको भ्याक्सिनलाई सुरक्षित, दक्ष, समानतामा आधारित तरिकाबाट उपलब्ध गराउनु यस महामारीका विरुद्धको लडाईमा आगामी कदम हुनेछ । एजेन्सी 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।