Tue, Sep 22, 2026
रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कम्पनीले कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी सो छुट दिन लागेको हो ।
सोको फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।