भर्खरै आईपीओ निष्काशन गरेको सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ११० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Nov 19, 2020 11:14 AM Merolagani



भर्खरै आईपीओ निष्काशन गरेको सानिमा जनरल इन्स्योरेन्स (SGI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०९.९९ प्रतिशत अर्थात ८२ लाख ४ हजार रुपैयाँ बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क १३ लाख ९ हजार रुपैयाँ बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो मसान्तमा कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड १६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट २७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा ५ करोड ६४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६४ लाख ७६ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले १५ हजार ७८४ वटा बीमालेख जारी गरी १२ करोड २५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, २५४ वटा दाबी बापत कम्पनीले २ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७९३ वटा दाबी बापत ११ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १२ पैसा कायम छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।