बिहीबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, प्रतितोला यतिमा हुँदैछ कारोबार

Nov 19, 2020 01:01 PM Merolagani



मंसिर ४ गते, बिहीबार सुनको मूल्य ओरालो लागेको छ । यस दिन सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा १५ रुपैयाँमा घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।