विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बने एलन मस्क, एकैदिन साढे ७ अर्ब डलरभन्दा अधिक सम्पत्ति बढ्यो

Nov 19, 2020 02:50 PM Merolagani



कोरोना भाइरस महामारीका कारण केही कारोबारीलाई नोक्सान भइरहेका बेला अर्कातर्फ स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्क सम्पत्तिमा वृद्धि भएर विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । 

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति बढेर ११० अर्ब डलर पुगेको छ । योसँगै उनी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

हालैमा एलन मस्कको रकेट कम्पनीले चार एस्ट्रेनस्ट्सलाई अन्तरिक्षमा पठाएको छ। यसैगरी इलेक्ट्रिक कार कम्पनी टेस्लालाई एस एण्ड पी५०० कम्पनीको सूचीमा शामिल गरिएको छ।

त्यसको एक दिन पछि नै एलन मस्कको सम्पत्तिमा ७ अर्ब ६१ करोड डलर बढोत्तरी भएको छ । यसैगरी वार्षिक आधारमा हेर्ने हो भने एलन मस्कको सम्पत्तिमा हालसम्म ८२ अर्ब डलरले वृद्धि भएको छ ।

शीर्ष ५०० अर्बपतिहरुमा एलन मस्कको सम्पत्तिमा यस वर्ष सबैभन्दा धेरै बढोत्तरी भएको छ । वार्षिक सम्पत्तिमा सबैभन्दा अधिक वृद्धिको मामलामा दोस्रो स्थानमा अमेजनका संस्थापम जेफ बेजोस रहेका छन्, जसको सम्पत्तिमा यस वर्ष करिब ७० अर्ब डलर वृद्धि भएको छ । एजेन्सी 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।