रेमडेसिभिरको प्रयोग रोक्न डब्ल्यूएचओको आग्रह

Nov 20, 2020 01:02 PM Merolagani



विश्वभरमा हालसम्म ५ करोड ७२ लाख भन्दा धेरै मानिसहरु संक्रमणको चपेटामा आइसकेका छन् । तीमध्ये ३ करोड ९६ लाख मानिसहरु ठीक भइसकेका छन् भने १३ लाख ६४ हजार मानिसले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् । 

यसैगरी एक करोड ६१ लाख मानिसहरु सक्रिय संक्रमित अर्थात् उनीहरुको उपचार चलिरहेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा जुन देशको अस्पतालमा संक्रमितहरुको उपचारमा रेमडेसिभिर इन्जेक्सनको प्रयोग भइरहेको छ, त्यसलाई तत्कालै रोक्नका लागि भनेको छ।

डब्ल्यूएचओका अनुसार, यो औषधी कोरोनाको उपचारका लागि सहयोगी र प्रभावकारी छ भन्ने कुराको कुनै पनि प्रमाण छैन ।

ट्रम्पको उपचारमा प्रयोग भएको थियो रेमडेसिभिर
द गार्जियनको एक रिपोर्टका अनुसार, गत महिना चुनावी अभियानका क्रममा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमति भएका थिए, तब उनको उपचारमा रेमडेसिभिरको प्रयोग गरिएको थियो ।

अब डब्ल्यूएचओले यसको प्रयोगमाथि रोक लगाउन सल्लाह दिएको छ। डब्ल्यूएचओले जारी गरेको एक बयानमा भनिएको छ, हाम्रो गाइडलाइन कमिटि यो सल्लाह दिन्छ कि, यदि रेमडेसिभिरको प्रयोग अस्पतालहरुमा भइरहेको छ भने त्यसलाई बन्द गर्नुपर्नेछ । हामीसँग यस कुराको कुनै प्रमाण प्राप्त भएको छैन कि, कोभिडका बिरामीहरुको उपचारमा यो प्रभावकारी छ । एजेन्सीको सहयोगमा 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।