सात जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक,कति कति दिए बोनस ?

Nov 22, 2020 02:51 PM Merolagani

अरूण पाख्रेन

नेपालमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये सात वटाले बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को  बोनस दर सार्वजनिक गरेका हुन् ।

हालसम्म ज्योति लाइफ,महालक्ष्मी लाइफ,प्रभु लाइफ,सिटिजन लाइफ, एलआईसी नेपाल,नेशनल लाइफ र रिलायन्स लाइफले आर्थिक वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेका हुन् ।

सात बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।

बीमा समितिबाट स्वीकृति प्राप्त भए पछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रति हजारका दरले बोनस घोषणा गरिन्छ ।

एलआईसी नेपाल ८८ रूपैयाँ सम्म बोनस दर दिने

लाइफ इन्स्योरेन्स कर्पोरेशन  (एलआईसी) नेपालले आर्थिक वर्ष २०७५/७६ मा बीमा योजना अनुसार ६६ देखि ८८ रूपैयाँ सम्म बोनस दर दिने भएको छ ।

जीवन आस्था योजना ५ वर्षे अवधिमा ८५ रुपैयाँ र ३ वर्षे अवधिकोमा ८० रुपैयाँ बोनस दर तोकिएको छ । सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ ।

धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल) बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर सार्वजनिक गरेको छ ।

यस्तै आजीवन बीमा लेखमा २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले ६४ देखि ८५ रूपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँ देखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँ देखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर रहेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ । इन्स्योरेन्सले प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ,१५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै अग्रीम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

उक्त बोनस दर कम्पनीले भुक्तानी गर्ने बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्कोे व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि इन्स्योरेन्सले जनाएको छ । 

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा २५ रुपैयाँ देखि ३५ रुपैयाँ, सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म र सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले पनि २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुको बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बोनस दर कायम गरिएको छ ।

उक्त दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म भुक्तानी हुने सम्पूर्ण दाबीहरुमा समेत सो बोनस दर कायम हुने इन्स्योरेन्सले जनाएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बीमांकिय मुल्यांकन प्रतिबेदन बीमा समितिबाट गत जेठ ८ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले २० रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेकाे हाे ।

सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४५ रुपैयाँ देखि ५० रुपैयाँ र अन्य (वार्षिक अग्रिम भुक्तानी– मुद्धती) बीमा योजनामा २० रुपैयाँ देखि २५ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । बीमा समितिको मिति २०७७ कार्तिक २८ गते को पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/ ७६ को लागि न्यूनतम ५० रूपैयाँ प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारी पोलिसीको विमाङ्कीय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो ।

महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर कायम गरेको छ ।


के हो बोनस दर र कसरी वितरण गरिन्छ ?

बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमांकको रकममा निर्भर रहने गर्छ । बोनस वितरण गर्दा मृत्यु दर,बीमा कम्पनीको खर्च र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पुँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।