अल टाइम हाइ पछाउदै नेप्से, तेस्रो उच्च विन्दुलाई उछिन्दै अघि बढ्यो

Nov 25, 2020 04:00 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्सले हालसम्मको उच्च विन्दुलाइ पछ्याउँदै तस्रो उच्च विन्दुभन्दा माथि उक्लिएको छ। बुधबार नेप्से इन्डेक्स ३.५७ प्रतिशत अर्थात ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेर रोकिएको हो ।

यो हाल सम्मकै तेस्रो उच्च विन्दुभन्दा माथि हो। यस अघि २०७३ साउन ११ गते नेप्से १८६६.५० विन्दुमा पुगेको थियो।

२०७३ साउन १३ गते १८७७.९३ विन्दु र २०७३ साउन १२ गते अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु १८८१.४५ विन्दुमा बन्द भएकाे थियो। यही विन्दु पछाउदै नेप्से सूचक बुधबार १८७४.८१ विन्दुमा पुगको छ।

बुधबार कारोबारमा आएका १२ उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एक वटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ। यस दिन होटल समुहको सूचक बाहेक सबै सकारात्मक देखिएका छन्।

व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ७.९३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ७.३२ प्रतिशत, अन्यको ६.७२ माइक्रोफाइनान्सको ३.८६ प्रतिशत र निर्जीवन बीमाको ३.३१ प्रतिशतले बढेको छ।

 

१० वटा कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा

बुधबार कारोबारमा आएका १० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । यस दिन आजै लाभांश घोषण गरेको एनएमबी लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य सबै भन्दा धेरै १० प्रतिशतले बढेको छ।

यस्तै एटिसी, नेपाल पुनर्बीमा, अजोड इन्स्योरेन्स, शिवम् सिमेन्ट, आँखुखोला हाइड्रोपावर, ङादी ग्रुप पावर, शिवश्री हाइड्रोपावर र मल्टिपर्पस फाइनान्सको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ।

लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य सबैभन्दा धेरै ३.६८ प्रतिशतले घटेको छ। यस्तै, नेशनल हाइड्रोपावरको शेयरमूल्य २.१७ प्रतिशतले, सिनर्जी पावर युनिर्भसल पावर, एभरेष्ट बैंक लगायतको शेयरमूल्य घटेका छन्।

यस दिन नेको इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा धेरै ४२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ४४ लाख, नविल बैंकको २३ करोड १९ लाख रुपैयाँ, एनटिसीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटाको घटेको छ। १३ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

 




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।