उपत्यकाका ८३५ जना सहित १९४८ जना कोरोना संक्रमित थपिए, २८ जनाको ज्यान गयो

Nov 25, 2020 05:12 PM Merolagani



पछिल्लो २४ घण्टामा एक हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख २६ हजार २६ पुगेको छ । तीमध्ये १६ हजार ६३९ जना सक्रिय संक्रमित छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ८३५ जना छन् । काठमाडौंका ६३५ जना, भक्तपुरका ८७ जना र ललितपुरका ११३ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो एक दिनमा कोरोना संक्रमणका कारण २८ जनाको ज्यान गएको छ । सो संख्यासँगै नेपालमा एक हजार ३८९ संक्रमितले ज्यान गुमाएका छन ।

गत २४ घण्टामा कोभिड १९ निको हुने तीन हजार १४० जना रहेका छन् । यसरी हालसम्म देशभरमा कोभिड मुक्त हुने संख्या दुई लाख सात हजार ९९८ रहेको छ ।

हाल देशमा क्वारेन्टिनमा ६६९ जना छन् । पछिल्लो २४ घण्टामा ९ हजार २१० पीसीआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकमा कुल १६ लाख ९० हजार ५०९ परीक्षण भइसकेको छ ।