अरुण कावेली पावरको शेयरमूल्य समायोजन

Nov 27, 2020 08:49 AM Merolagani



अरुण कावेली पावर (AKPL) को बोनसपश्चात नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य ससमायोजन भएको छ। कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य सायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।

नेप्सेले कम्पनीको ५.७१ प्रतिशत बोनसमा मुल्य समायोजन गरी प्रतिकित्ता २५४ रुपैयाँ कायम गरेको छ। यहि मुल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

विहीबार कम्पनीको शेयर प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम काराेबार भएको थियो।

कम्पनीले ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीले मंसिर २२ गते सा स्धारणसभा आह्वान गरेको छ।

कम्पनीले शुक्रबारदेखि लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुकक्लोज गरेकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।