निर्वाचन हुनु पूर्व नै दुवै पक्षले आफ्नो प्यानलकै जित हुने दाबी गरिरहेका छन्। यतिबेला निर्वाचनमा हुने भोटको जोड घटाउमा दुवै पक्ष व्यस्त छन्। उनीहरूले गरेको जोड घटाउमा आफ्नै प्यानलकै जित सुनिश्चित रहेको निष्कर्ष निकाली रहेका छन्। तर यो निर्वाचनमा उनीहरूले भने जस्तो प्यानल नै विजयी हुने सम्भावना भने निक्कै कम रहेको व्यवसायीक क्षेत्रमा छलफल हुन थालेको छ। यो निर्वाचनमा मतदाताले प्यानल हेर्ने भन्दा पनि उठेका उम्मेदवार हेर्ने देखिएको छ। उम्मेदवारहरूलाई हेरेर निर्वाचनमा मतदाताले निर्वाचन गर्ने भएकोले पनि यो निर्वाचनमा प्यानल नभएर मिश्रित पदाधिकारी आउने उनीहरूको अनुमान हो।
निर्वाचनमा उठेका उम्मेदवारका अनुहार र योगदानका कारण पनि यो निर्वाचनले महासंघलाइ मिश्रित पदाधिकारी दिने अनुमान गर्न थालिएको छ। निर्वाचन पूर्व विभिन्न समूहले आ आफ्नै तरिकाले अनुमान गरिरहेका छन्। उनीहरूले गरेका अनुमानहरूमा यस्तो परिणाम निस्किरहेको व्यवसायीहरु बत्ताउँछन्। तर उनीहरू खुलेर बाहिर भने आउन चाहिँ रहेका छैनन्। उनीहरूले गरेका अनुमानहरू दुवै पक्षले गम्भीरता पूर्वक लिई सकेका छन्। ती अनुमानको आधारमा दुवै पक्षले आफ्नो निर्वाचनको अन्तिम रणनीतिहरू तयार पारेका छन्। तयार रणनीति अन्तर्गत रहेर उनीहरूले आफ्नो तर्फ मतदाता आकर्षित गर्न खोजिरहेका छन्।
यस पटकको निर्वाचनमा उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालको कडा टक्कर पर्ने अनुमान गरिएको छ। यो निर्वाचनमा किशोर प्रधान समूहलाई भोटरहरूले धोका नदिए उनको जित निश्चित रहेको उनीहरूको अनुमानले देखाएको अनुमान कर्ताहरूको भनाई छ। किनकि उनलाई आफ्ना उपाध्यक्षका उम्मेदवारहरूको सहयोगले उपाध्यक्ष बनाउने अनुमानकर्ताहरूको निष्कर्ष छ। यति बेला सम्मको स्थितिमा प्रधान समूहका तीनै उपाध्यक्षको सबैभन्दा बढी चर्चा छ। व्यवसायीक क्षेत्रले पनि तीनै उपाध्यक्षहरुलाई सबैभन्दा बढी रुचाएको छ।
उम्मेदवार हेरेरै निर्वाचनमा मतदान भए प्रधान समूहको तीनै उपाध्यक्षका उम्मेदवारले यो निर्वाचनमा जित हासिल गर्ने छन्। तीनै उम्मेदवारले जित्ने पक्का पक्की हुँदै गर्दा उनीहरूलाई मतदान गर्नेहरूले वरिष्ठ उपाध्यक्षमा समेत मत खसालेको खण्डमा प्रधान आउने पक्का छ। तर तीनै उपाध्यक्षलाई आउने मत वरिष्ठ उपाध्यक्षमा बाँडिएमा भने ढकालले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने आकलन गरिएको छ। उपाध्यक्षहरुलाई मत दिने मतदाताले गर्ने मतले यो निर्वचनमा निर्णायक भूमिका खेल्ने अनुमानकर्ताहरूको निष्कर्ष छ।
महासंघको निर्वाचनको परिणाम अलि फरक ढङ्गले निस्कने परम्परा छ। मतभारको आधारमा उपाध्यक्ष चुनिले प्रचलन छ। निर्वाचनमा मत दिने सबैले उपाध्यक्षलाई भोट हाल्न सक्छन्। यस पटक कुल ११ सय १० मतदाताले वरिष्ठ उपाध्यक्षमा भोट हाल्ने छन्। जसमा बस्तुगत तर्फ १०१, जिल्ला नगरबाट १०५ र बाकीले एसोसिंएट तर्फ भोट हाल्ने छन्।
जसमा बहुमतको आधारमा तीनै उपाध्यक्षहरूले जित हासिल गरेको खण्डमा र उनीहरूलाई जिताउन मत दिनेहरूले वरिष्ठ उपाध्यक्षमा समेत प्रधानलाई भोट हाले प्रधान सोझै वरिष्ठ उपाध्यक्ष बन्ने छन्। तर यस पटक प्यानललाई भन्दा व्यक्ति हेरेर भोट खसालिने अनुमान गरिएको हुँदा ढकालको सम्भावनालाई नकार्न नसकिने तर्क गरिँदै छ। तर यो त्यति बेला मात्रै सम्भव हुने छ जब उपाध्यक्षमा प्रधान समूहका उम्मेदवारलाई भोट हालेर वरिष्ठ उपाध्यक्षमा धोका भयो भने मात्रै। निर्वाचनको खसेको कुल मतको सबैभन्दा बढी मत भार जिल्ला नगरको छ। उसको मात्रै ५० प्रतिशत गनिन्छ। एसोसिएटको ३० र बस्तुगतको २० प्रतिशत मत भार हुन्छ।तर मताभरको आधारमा उपाध्यक्षहरू मात्रै चुनिन्छन्। वरिष्ठ उपाध्यक्षको हकमा यसले काम गर्दैन।
प्रधान समूहबाट उपध्यक्षहरुमा बस्तुगत क्षेत्रबाट अञ्जन श्रेष्ठ, जिल्ला नगरमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति छन्। उता ढकाल समूहबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगरबाट गुणनिधि तिवारी र एसोसिएटमा राम चन्द्र संघाइ छन्।
प्रधान समूहमा भएका तीनै उपाध्यक्षको यति बेला सम्मको स्थितिमा बलियो सम्भावना देखिएको छ। तीन मध्ये दिनेश लाल श्रेष्ठलाई मात्रै थोरै जोड बल गर्नु पर्ने देखिन्छ भने अञ्जन श्रेष्ठ र सौरभ ज्योतिले निर्वाचन पूर्व नै जितिसकेको चर्चा यति बेला भित्र भित्रै भइरहेको छ।
अञ्जन श्रेष्ठको प्रतिस्पर्धीका रुपमा उमेशलाल श्रेष्ठ छन्। उनको उम्मेदवारी नै विवादित बनेको थियो। उनी औषधि व्यवस्था विभागबाट उम्मेदवार छन्। विभागबाट दुई उम्मेदवार आएको भन्दै एक निर्वाचन अधिकृतले नै नोट अफ डिसेन्ट लेखेका थिए। उम्मेदवारीमै विवाद परेका कारण पनि श्रेष्ठ यो निर्वाचनमा अलिकति कमजोर देखिएका छन्। अञ्जन व्यवसायीक क्षेत्रमा लागेका र युवा उम्मेदवार भएकोले पनि उनलाई व्यवसायीहरूले महासंघमा आएको हेर्न खोजिरहेका छन्। यस अघि उमेशलाल श्रेष्ठले एक कार्यकाल काम गरिसकेको र उनको कामको नतिजालाई हेरेर पनि यस पटक अञ्जनलाई बढी रुचाइएको चर्चा छ।
उता एसोसिएटमा सौरभ ज्योतिको प्रतिस्पर्धीकाे रुपमा राम चन्द्र संघाइ छन्। सघाइ भन्दा युवा र ठुला व्यवसायीक संस्थाहरु हाकिरहेकाले पनि ज्योतिलाई यो निर्वाचनमा जित निकाल्न सजिलो हुने अनुमान गरिएको छ।
गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच जिल्ला नगरमा प्रतिस्पर्धा हुँदै छ। जसमा ५०/५० प्रतिशतको आँकडा देखिएको छ।
यो निर्वाचनले वास्तविक उद्यमीहरूलाई मात्रै नेतृत्वमा पुर्याउने व्यवसायीहरूले भित्र भित्रै निर्णय गरेका छन्। यस अघि उद्योग धन्दा नहुनेहरूको महासंघको नेतृत्वमा वर्चस्व हुने गरेको आरोप लाग्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरका भेला समारोहमा समेत उनीहरूले वास्तविक उद्यमीको एजेन्डामा ब्रिफिङ गर्न नसकेको र आन्तरिक रूपमै पनि सरकारसँग उनीहरूले सही ढङ्गले प्रस्तुत हुन नसकेको कारण महासंघको साख गिर्दै गएको आरोप छ। उक्त आरोपबाट महासंघलाइ निकाल्न पनि यस पटक वास्तविक उद्यमीलाई मात्रै जिताउने व्यवसायीहरूले निर्णय गरेका हुन्। जसका कारण पनि प्रधान समूहका तीनै उपाध्यक्ष बलियो साबित हुने देखिएको छ। किनकि तीनै उपाध्यक्षले हाँकिरहेका उद्यम व्यवसायबाट सरकारले मनग्गे कर आर्जन गरिरहेको छ भने हजारौँले रोजगारी पनि प्राप्त गरेका छन्। उनीहरूले महासंघको वास्तविक नेतृत्वमा काम गर्ने व्यवसायीहरूको भनाई छ।