नेरुडे लघुवित्तकाे बोनस शेयर नेप्सेमा सूचीकृत

Nov 27, 2020 12:13 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) काे बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १५ प्रतिशत बोनस शुक्रबार नेप्से सूचीृकत भएको हो ।

लघुवित्तले शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत अर्थात ६ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

उक्त बोनस शेयर आइतबार देखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत भएको हो ।