न्यादी हाइड्रोपावर आईपीओ निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो

Nov 27, 2020 04:21 PM Merolagani

न्यादी हाइड्रोपावर (NHL) आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन अनुमति माग्दै कम्पनी मंसिर १० गते बुधबार बोर्ड पुगेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग गरेको छ ।

त्यस मध्ये १० प्रतिशतले हुन आउने १५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र २ प्रतिशतले हुने ३ लाख कित्ता शेयर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई निष्काशन गर्नेछ ।

त्यस मध्ये बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको छ ।

त्यसमा बाँकि रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुनेछ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।