२४ घण्टामा उपत्यकाका ८२२ जनासहित कोभिड १९ पुष्टि हुनेको संख्या १७०३, २३ जनाले ज्यान गुमाए

Nov 27, 2020 05:04 PM Merolagani



पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७०३ रहेको छ । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । तीमध्ये सक्रिय संक्रमण १७ हजार २३७ जनामा छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ८२२ जना छन् । काठमाडौंका ५९९ जना, भक्तपुरका ६३ जना र ललितपुरका १६० गरी सो संख्या पुगेको हो ।

एक दिनमा कोभिड १९ बाट २३ जनाले ज्यान गुमाएका छन् । यसरी देशभरमा कुल एक हजार ४३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेहरु एक हजार २३६ जना छन् भने हालसम्म कुल दुई लाख ९ हजार ४३५ जनाले कोरोना संक्रमण जितिसकेका छन् । हाल देशमा ६०१ जना क्वारेन्टिनमा छन् ।पछिल्लो २४ घण्टामा देशभरमा १० हजार ४६० पीसीआर परीक्षण भएको छ । योसँगै परीक्षणको संख्या कुल १७ लाख १० हजार ४६० पुगेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।