साहास उर्जाको सर्वसाधारण समूहमा जारी गर्न लागेको धितोपत्रको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त

Nov 28, 2020 06:34 AM Merolagani



साहास उर्जाको (SUL) सर्वसाधारण समूहमा जारी गर्न लागेको धितोपत्रको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ ।

कम्पनीको जारी पूँजी तीन अरब ५० करोड रुपैयाँको ३०% ले हुने मूल्य एक अर्ब पाँच करोड रुपैयाँ बरावरको सर्वसाधारण शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको गरी जम्मा एक करोड पाँच लाख कित्ता शेयरको प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिएको हो ।

शेयर प्रत्याभुत कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लि.को तर्फबाट अध्यक्ष हिम प्रसाद पाठकले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयरको एक करोड पाँच लाख कित्ता शेयरको मूल्य एक अर्व पाँच करोड मात्र बरावरको शेयरको सार्वजाजिक निष्काशन गर्न लागेको हो ।

 




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।