युनाइटेड इदि मर्दिको आइपीओ बाँडफाँड, ४ लाख ५९ हजार आवेदकको हात खाली

Nov 29, 2020 04:36 PM Merolagani



युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आज आइतबार बाँडफाँड भएको छ।

आइपीओमा आवेदन गर्ने ८१ हजार २७३ हजर आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने बाँकी रहेकाे ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाइ गाेलाप्रथाबाट १ कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँड गरिएकाे छ।

बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ। 

आईपिओमा ५ लाख ४० हजार ४०२ याेग्य  आवेदकले ९४ लाख ८३ हजार ८४०  कित्ता शेयर खरिदकाे लागि आवेदन दिएका थिए। यो सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ११.६९ गुणा धेरै हो। 

आइपीओ अावेदन दिने ८६१ जनाको आवेदन रद्द भएकाे छ। 

कम्पनीले बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरमा मात्रै सर्वसाधारणमा बाँडफाँड गरेको हो।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।