कुमारी बैंकसहित ३ कम्पनीको मूल्य समायोजन

Nov 30, 2020 08:29 AM Merolagani

मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले कुमारी बैंक (KBL) को १०.८५ प्रतिशत बोनस शेयर समायोजन गरी बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ। बैंकको हिजोको अन्तिम कारोबार मूल्य अर्थात ३०३ रुपैयाँमा मूल्य समायोजन भएको हो।

कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ। बैंकले आफ्नो रजिष्ट्रार कार्यालय, टंगाल, काठमाडौँमा बिहान साढे ११ बजे सभा डाकेको हो।

त्यस्तै नेप्सेले साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ। आइतबार कम्पनीको शेयर ७५०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ।

त्यसैगरी, रिडी हाइड्रोपावर (RHPC) को ५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको शेयरमूल्य १६८ रुपैयाँ कायम भएको छ। कम्पनीको हिजो १७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

रिडी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजर्ना ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २६ गते साधारण सभा बोलाएको छ।

यी तीनै कम्पनीको आज यही मूल्यका आधारमा शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।