दुई घण्टामा ४ अर्बको कारोबार, नेप्से सूचक झण्डै १ प्रतिशतले घट्यो

Dec 01, 2020 01:07 PM Merolagani



साताको तेस्रो कारोबार दिन मंगलबार बजार खुलेको दुई घण्टामा ४ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।

यस अवधिमा १९२ वटा कम्पनीको १ करोड ११ लाख कित्ता शेयर ४ अर्ब ३ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस दिन बजारमा बिक्री चाप बढ्दा नेप्से सूचक झण्डै १ प्रतिशतले घटेको छ। १ बजेसम्ममा नेप्से सूचक ०.९३ प्रतिशत अर्थात १८.४८ अंकले घटेर १९७८.५८ विन्दुमा झरेको छ।

यस दिन बैंकिड उपसमूहमा बढी बिक्री चाप देखिएको छ। १ बजेसम्मा बैंकिग उपसमूहको सूचक २.७१ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक २.४७ प्रतिशतले घटेको छ।

 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।