दुई घण्टामा ४ अर्बको कारोबार, नेप्से सूचक झण्डै १ प्रतिशतले घट्यो

Dec 01, 2020 01:07 PM Merolagani



साताको तेस्रो कारोबार दिन मंगलबार बजार खुलेको दुई घण्टामा ४ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।

यस अवधिमा १९२ वटा कम्पनीको १ करोड ११ लाख कित्ता शेयर ४ अर्ब ३ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस दिन बजारमा बिक्री चाप बढ्दा नेप्से सूचक झण्डै १ प्रतिशतले घटेको छ। १ बजेसम्ममा नेप्से सूचक ०.९३ प्रतिशत अर्थात १८.४८ अंकले घटेर १९७८.५८ विन्दुमा झरेको छ।

यस दिन बैंकिड उपसमूहमा बढी बिक्री चाप देखिएको छ। १ बजेसम्मा बैंकिग उपसमूहको सूचक २.७१ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक २.४७ प्रतिशतले घटेको छ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।