मंगलबार १३०४ जना कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

Dec 01, 2020 04:56 PM Merolagani



मंगलबार एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये १६ हजार ६३३ सक्रिय संक्रमित रहेका छन् ।

आज काठमाडौका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना गरी उपत्यकामा ५३० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । सो संख्यासँगै देशभरमा एक हजार ५२९ पुगेको छ । यस्तै एक दिनमा कोरोना निको हुने दुई हजार ७३ जना छन् भने कोराना मुक्त हुनेको कुल संख्या दुई लाख १६ हजार ५९४ रहेको छ ।

गत २४ घण्टामा आठ हजार ५८३ पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा १७ लाख ४६ हजार ३३० परीक्षण भइसकेको छ । अहिले क्वारेन्टिनमा ६१६ जना छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।