मंगलबार १३०४ जना कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

Dec 01, 2020 04:56 PM Merolagani



मंगलबार एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये १६ हजार ६३३ सक्रिय संक्रमित रहेका छन् ।

आज काठमाडौका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना गरी उपत्यकामा ५३० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । सो संख्यासँगै देशभरमा एक हजार ५२९ पुगेको छ । यस्तै एक दिनमा कोरोना निको हुने दुई हजार ७३ जना छन् भने कोराना मुक्त हुनेको कुल संख्या दुई लाख १६ हजार ५९४ रहेको छ ।

गत २४ घण्टामा आठ हजार ५८३ पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा १७ लाख ४६ हजार ३३० परीक्षण भइसकेको छ । अहिले क्वारेन्टिनमा ६१६ जना छन् ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।