फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Dec 01, 2020 06:02 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को बोनस शेयर सूचीकृत भएको छ । 

मंगलबार माइक्रोफाइनान्सको ३२.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । ३२.५० प्रतिशत बराबरको १२ लाख २७ हजार ४३४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त शेयर शेयरधनीहरुले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।