सात मन्त्रीहरुले दिए सामुहिक राजीनामा, दुइ जनाले दिएनन्

Dec 20, 2020 04:55 PM Merolagani



संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति विरोध जनाउँदै सात मन्त्रीहरुले सामुहिक राजीनामा घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ती मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमध्ये पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर तथा श्रममन्त्री रामेश्वर यादव रहेका छन् । तर गृहमन्त्री बादल र उद्याेग  मन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् ।

ती मन्त्रीहरु पुर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व एमाले माधव कुमार नेपाल समुहका हुुन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।