सात मन्त्रीहरुले दिए सामुहिक राजीनामा, दुइ जनाले दिएनन्

Dec 20, 2020 04:55 PM Merolagani



संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति विरोध जनाउँदै सात मन्त्रीहरुले सामुहिक राजीनामा घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ती मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमध्ये पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर तथा श्रममन्त्री रामेश्वर यादव रहेका छन् । तर गृहमन्त्री बादल र उद्याेग  मन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् ।

ती मन्त्रीहरु पुर्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व एमाले माधव कुमार नेपाल समुहका हुुन् ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।