सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

Dec 21, 2020 07:49 AM Merolagani



सानिमा बैंक लिमिटेड (SANIMA) ले पुस १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र खरिदका लागि अब पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ। निष्काशित कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ।

सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बैंकले जारी गरेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए२ ग्रेडिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त उपकरणलाई समयमा नै वित्तीय दायित्व पुर गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।